काठमाडौं । चैत ६ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ९८४ रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ८९ रुपैयाँ ५० पैसाले बढेको छ ।
सर्वोत्तम सिमेन्टको शेयर कारोबार आजबाट शुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज दिन पाउने व्यवस्था रहेको छ ।