काठमाडौं । चैत १२ गते सोमबार नेप्से परिसूचक २०३१.५५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १७.०१ अंकले घटेको छ। २ अर्ब ४८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ४५ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।ब्रोकर नम्बर ४५ बाट २२ करोड १५ लाखको कारोबार भएको छ जसमा १३ करोड ७ लाखको खरीद छ भने ९ करोड ७ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट १० करोड ४१ लाखको खरीद छ भने ९ करोड ५२ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।