IME Life
GBIME

जीवन बीमकहरुको साढे ४४% व्यापार बागमती प्रदेशमा, अन्य प्रदेशमा कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बढी रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुन महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो ८ महिनामा ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ४३ अर्ब ८१ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो हिसाबले बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.४४ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

Crest

यसैगरी जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो ७ महिनामा कुल व्यापारको १५.६२ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा लुम्बिनी प्रदेशबाट १५ अर्ब ४० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट ११ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.१० प्रतिशत रहेको छ।

यो ८ महिनामा जीवन बीमकले गण्डकी प्रदेशबाट १० अर्ब ५ करोड ३० लाख रुपैयाँ, मधेश प्रदेशबाट ८ अर्ब ७५ करोड ६ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ५ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट २ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.१९ प्रतिशत, मधेशमा ८.८६ प्रतिशत, सुदूपश्चिममा ६.०१ प्रतिशत र कर्णालीमा २.७५ प्रतिशत रहेको देखिन्छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS