काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । तर, अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैबीच चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थाई घर भई हाल काठमाडौं ठमेल बस्दै आएका ज्ञानु गिरीलाई आफ्नो जन्मदिनको अवसरमा श्रीमान विनोद गिरीले ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् । उनले श्रीमतिलाई सुखी जीवन प्लस १५ वर्षै बीमा योजना एशियन लाइफको चाबहिल शाखाबाट दिएका हुन् ।
भविष्यमा हुन सक्ने जोखिम तथा आर्थिक सुनिश्चित गर्नका लागि श्रीमतिको लागि बीमा पोलिसी उपहार दिएको गिरीले जानकारी दिए ।
सुखी बीमा योजनाको बीमा शुल्क अरु बीमा योजनाभन्दा अलि महंगो भएता पनि धेरै राम्रो विशेषता रहेको चाबहिल शाखा प्रबन्धक अशोकराज गिरीले बताए । उनले भने, ‘यो पोलिसी अन्य बीमा योजनाभन्दा केही फरक रहेको छ । बीमितले समयअवधि सकिएपछि आर्जित बोनस र रकम पाएपछि पनि बीमा कायम रहीरहने भएकाले यो योजना बढी लोकप्रिय रहेको छ ।’