काठमाडौं । सूचीकृत कम्पनीको संख्या ९१ पुगिसकेको हाइड्रोपावरको संख्याले गर्दा समूहगत हिसाबले हेर्दा हाइड्रोपावर समूहमा सर्वाधिक रकमको कारोबार भएको देखिन्छ । तर आज बुधवार भने लघुवित्त समूहको सर्वाधिक कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको छ ।
आज लघुवित्त समूहको १ अर्ब माथिको कारोबार भएको छ । आज बजारको कुल कारोबार ३ अर्ब ४९ करोड रहेकोमा लघुवित्तको करीब ३० प्रतिशत बजार हिस्सा बराबरको कारोबार भएको छ । दोश्रोमा हाइड्रोपावरको ७७ करोड ७० लाखको कारोबार भएको छ । हाइड्रोपावर भन्दा लघुवित्तमा सूचीकृत कम्पनीको संख्या निकै कम छ । लघुवित्तमा ५१ कम्पनी सूचीकृत छन् ।
आज नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घट्दै २०६३ दशमलव ९५ विन्दुमा पुगेको छ ।