Connect IPS
IME Life

बाँसबारी जग्गा प्रकरणः सीआईबीले उद्योगपति विनोद चौधरीको बयान लिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीको बयान लिने भएको छ। सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरीसँग बयान लिने भएको हो।

गृहमन्त्री रवि लामिछानेनले आज गृह मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसँग छलफल गरेका थिए। बैठकमा गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए। सोही निर्देशनबमोजिम चौधरीको पनि सीआईबीले बयान लिने भएको हो।

Prabhu
Crest

लामिछानेले उक्त जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि निर्देशन दिएका छन्।

बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिए्। उनले सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाहीका दायरामा ल्याउन निर्देशन दिए। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वसभामुखसमेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS