काठमाडौं । हिजो सामान्य घटेको बजार आज भने दोहोरो अंकले नै घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ८४ अंकले घटेर २,०८० को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ४४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको५० करोड ८९ लाख रुपैयााको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको २४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दुई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज विन नेपाल लघुवित्तका लगानीकर्ताले र मानुषि लघुवित्तका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ०२ प्रतिशतका दरले गुमाएका हुन् ।