काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर बिक्री गर्ने भएको छ।
बैंक सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर बिक्री गर्ने गरी जारी गर्ने निर्णय बैठकले गरेको छ।
बैंकले १०० रुपैयाँ दरले ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँबराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण हुने र शेयरको रकम फिर्ता नहुने (एभचउभतगब)ि प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तबरबाट मात्र बिक्री गरिने गरी जारी गर्ने निर्णय गरेको छ।
यसैगरी बैंकले राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरेपश्चात ८ वर्षे अवधिको ८ प्रतिशत नबिल डिबेन्चर २०८९ जारी गर्ने निर्णय पनि गरेको छ।