काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ३६ हजार ५१२ कित्ता शेयरको लकइन आज चैत १ सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर चैत १ गतेपश्चात् कारोबारयोग्य हुने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत आइपीओ सर्वसाधारणमा जारी गरको थियो । सर्वसाधारणमा विक्री गरेको आइपीओमध्ये ५ प्रतिशत दरको १ लाख ४६ हजार २५० कित्तामध्ये ३६ हजार ५१२ कित्ता शेयर भने लइकनमा राखिएको थियो ।