काठमाडौं । नेपाल बीमा प्राधिकरणले फागुन ३० गतेदेखि चैत २ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम फागुन ३० गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले फागुन ३० गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म, दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, चैत १ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म र चैत २ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन गर्ने भएको छ ।