GBIME
IME Life

शेयर बजारमा दुवै बीमा समूहसहित यी ५ सेक्टरको उच्च कारोबार, शीर्ष स्थानमा हाइड्रो (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा चालु आर्थिक वर्षको ७ महिना माघसम्म सर्वाधिक कारोबार भएका पाँच समूहमध्ये दुवै बीमा समूह पर्न सफल भएको छ। कारोबारका हिसाबले जलविद्युत समूहका कम्पनीहरुको शेयर सर्वाधिक किनबेच भएका छन् भने जीवन बीमा समूह दोस्रो र निर्जीवन बीमा समूह पाँचौँ स्थानमा पर्न सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांकले यस्तो देखाएको हो। यो ७ महिनामा शेयरमा बजारमा ३ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कुल कारोबारमा हाइड्रोपावर समूहका कम्पनीहरुको १ खर्ब २ अर्ब १० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ। जुन कुल कारोबारको २८.८ प्रतिशत हिस्सा हो।

SKYWELL
Crest

यसैगरी यो ७ महिनामा वाणिज्य बैंक समूहको ४२ अर्ब १९ करोड र जीवन बीमा समूहको ३६ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ । कारोबारका हिसाबले वाणिज्य बैंक समूह र बीमा समूह क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुल कारोबारमा वाणिज्य बैंकको हिस्सा ११.९ प्रतिशत र जीवन बीमा समूहको १०.४ प्रतिशत रहेको छ।

माघसम्म कारोबारको हिसाबले चौथो स्थानमा उत्पादन तथा प्रशोधन समूह रहेको छ। यो समूहका कम्पनीहरुको २९ अर्ब ३३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ। कारोबारमा यो समूहको हिस्सा ८.३५ प्रतिशत रहेको छ।

पाँचौँ स्थानमा निर्जीवन बीमा समूह रहेको छ। कुल कारोबारमा यो समूहको हिस्सा ६.८ प्रतिशत रहेको छ। माघसम्म यो समूहका कम्पनीहरुको २४ अर्ब ९ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

यो कुल कारोबारमा डिबेन्चर तथा म्युचुअल फन्ड इकाइ किनबेचसमेत रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS