काठमाडौं । आज सोमबार सार्वजनिक बिदाको दिन पनि आइसीएफसी फाइनान्सका विभिन्न शाखाहरु खुल्ला रहने छन् । फाइनान्सले काठमाडौं उपत्यकाका विभिन्न शाखाहरु मार्फत सेवा दिने जनाएको छ ।
आज सोमबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा भएपनि फाइनान्सले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाइ मध्यनजर गर्दै उक्त शाखाहरु खुल्ला गरी सेवा दिने भएको हो । फाइनान्सले उपत्यका भित्रका सम्पुर्ण शाखाहरु विहान १० बजेदेखि दिउँसो १ बजे सम्म खुल्ला हुने जनाएको छ ।