काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव १० अंकले बढेर २,०५२ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाउका छन् ।
आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ०६ प्रतिशतका दरले गुमाएका हुन् ।