काठमाडौं । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले संयुक्त रुपमा प्रवद्र्धन गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ । फण्डले फागुन २७ गते सो रिसोर्टमा लगानी गरेको जनाएको छ ।
बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्ट एक पर्यावरणमैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा छ र जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने जनाइएको छ ।
रिसोर्टका अनुसार एनआईआईएफबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग हुनेछ । यस लगानीबाट, एनआईआईएफले प्रिमियर पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ ।