काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,०३० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशी कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड दुईका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।