काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशनकालागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। आयोगले फागुन २३ गते यस कम्पनीलाई हकप्रद निष्काशनका लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
1709724043274