काठमाडौं । हिजो भारी अंकले घटेको नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेर २,०१७ को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वरोजगार लघुवित्तका लगानकिर्ताले ८ दशलमव ७० प्रशिततका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।