IME Life
GBIME

चीनले फेरि बढायो रक्षा बजेट, २३.१३ अर्ब डलर खर्च गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यसपटक चीनले आफ्नो सेनाका लागि २३ अर्ब डलरभन्दा बढी खर्च गर्ने भएको छ । चीन सरकारले यस वर्षका लागि २३.१३ अर्ब डलरको रक्षा प्रावधानको मस्यौदा तयार गरेको छ । यो गत वर्षको रक्षा बजेटको तुलनामा ७.२ प्रतिशत बढी हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ‘ग्लोबल टाइम्स’ले सन् २०१६ यता चीनको रक्षा बजेट वृद्धि १० प्रतिशतभन्दा कम रहेको लेखेको छ । यो लगातार नवौँ वर्ष हो जब चीनको रक्षा बजेट १० प्रतिशतभन्दा कमले बढेको हो ।

Crest

सैन्य मामिलाका विशेषज्ञ झाङ जुन्सेले ‘ग्लोबल टाइम्स’लाई चीनको रक्षा बजेट स्थिर रहेको बताए। धेरै देशले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरिरहँदा १० प्रतिशतभन्दा बढी वृद्धि भएको छैन । उनले अमेरिका र इजरायलले आफ्नो रक्षा बजेटमा उल्लेख्य वृद्धि गरेको बताए ।

चीनसँग एसियामा सबैभन्दा ठूलो सेना छ र त्यसमा सबैभन्दा बढी खर्च गर्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS