काठमाडौं । फागुन २० गते आइतबार नेप्से परिसूचक घटेर १९६०.३० विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ११.७८ अंकले घटेको छ।
बजारमा २ अर्ब ८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट १९ करोड ११ लाखको कारोबार भएको छ। जसमा ८ करोड ९४ लाखको खरिद छ भने १० करोड १६ लाखको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ८ करोड ४९ लाखको खरिद छ भने ९ करोड ९७ लाखको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।