Connect IPS
IME Life

बीमासहित यी ५ काम अति जरुरी, पैसाको कहिल्यै हुने छैन तनाव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैले आर्थिक स्वास्थ्य राम्रो बनाउने उद्देश्यले पैसा कमाउँछन् र त्यसको केही रकम बचत गरेर भविष्यमा आर्थिक समस्या नपरोस् भन्ने ठाउँमा लगानी गर्छन्। तर, पैसा कमाउन सजिलो छैन र बचत गर्न अझ गाह्रो छ।

बचत र लगानी वर्तमान र भविष्यमा सुधार गर्न कमाउन महत्त्वपूर्ण हुन्छ। भविष्यमा आर्थिक समस्याहरु सामना गर्नबाट बच्न र सही समयमा राम्रो वित्तीय योजना बनाउनु धेरै महत्वपूर्ण छ। यसो गर्दा जीवनका विभिन्न लक्ष्यहरु प्राप्त गर्न मद्दत पुग्छ। छिट्टै अवकाश लिन चाहनेहरु धेरै छन्। त्यसैले पर्सनल फाइनान्सका लागि यी ५ कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ। जसले आर्थिक लक्ष्य हासिल गर्न र पैसाबाट पैसा कमाउन मद्दत गर्न सक्छ।

Prabhu
Crest

जीवन बीमा वा स्वास्थ्य बीमा

आकस्मिक कोषबाहेक मानिसका लागि जीवन बीमा र स्वास्थ्य बीमा पनि महत्वपूर्ण हुन्छ। विगतका वर्षहरुमा कोरोना प्रकोपको समयमा यसको महत्व लगभग सबैले बुझेका छन्। वास्तवमा कुनै पनि अप्रिय घटनाबाट आफू र आफ्नो परिवारलाई जोगाउन बीमा पोलिसी किन्नु आवश्यक छ। सानै उमेरमा पोलिसी किन्नु राम्रो हुन्छ किनकि उमेरअनुसार कम प्रिमियम तिर्नुपर्छ। यसका साथै स्वास्थ्य बीमा पनि लिनुपर्छ। जसले गर्दा चर्को उपचार खर्चको बोझ कम हुन्छ। बीमाले कुनै अप्रिय घटनाको अवस्थामा सुरक्षा प्रदान गर्दछ।

रिटायरमेन्ट प्लानिङ बनाउन अति आवश्यक

कमाइसँगै बचत नै बुढेसकालको पुँजी हो। यस्तो अवस्थामा अवकाशको योजना पहिल्यै गर्नु जरुरी छ। यसका लागि रोजगारदाताहरुले पेन्सन योजनामा योगदान बढाउन सक्छन्। व्यक्तिगत तबरबाट पनि हामी यस्ता योजनामा सहभागी हुन सक्छौँ। जसमा प्रत्येक महिना आफ्नो तलबको एक अंश जम्मा गरेर राम्रो कोष जम्मा गर्न सकिन्छ। जति कम उमेरमा यस्ता योजनामा सहभागी हुन्छौँ, त्यति नै राम्रो हुन्छ। यस्ता योजनामा जम्मा गरिएको पैसा तत्काललाई आवश्यक छैन भने नझिक्दा नै उचित हुन्छ। जब जागिरबाट रिटायर्ड हुन्छौँ तब यसरी जम्मा गरिएको पैसा ठूलो सहयोग पुर्याउँछ।

आपतकालीन कोष महत्वपूर्ण

लगानीसँगै आफ्नो लक्ष्य हासिल गर्नका लागि गर्नुपर्ने दोस्रो कुरा भनेको आपतकालीन कोष सिर्जना गर्नु हो। किनकि पैसाले धेरैजसो समस्याहरु समाधान गर्न सक्छ। तयसैले आवश्यक पर्दा यो आपतकालीन कोषबाट पैसा निकाल्न सकिन्छ। यसका लागि बैंकमा खाता खोलेर हरेक महिना थोरै–थोरै पैसा जम्मा गर्न सकिन्छ। यो पैसालाई आपतकालीन अवस्थामा मात्र प्रयोग गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। यसले कुनै कारणले जागिर गएमा, परिवारका सदस्य अचानक बिरामी परेमा वा अचानक हुने दुर्घटनाजस्ता घटनामा आर्थिक बोझ बढ्नबाट जोगाउँछ।

राम्रो प्रतिफल आउने ठाउँमा लगानी

सामान्यतया मानिसहरुले आफ्नो कमाइबाट भएको बचतलाई आफ्नो पैसा सुरक्षित रहने ठाउँमा लगानी गर्ने गरेको देखिन्छ। यस्तो अवस्थामा बैंकको मुद्दति खाता बचत खाता वा अन्य विकल्पहरु छनौट गर्नुपर्छ। त्यस्ता खातामा लगानी गर्नुका साथै केही अंश राम्रो प्रतिफल आर्जन हुने ठाउँमा पनि लगानी गर्नुपर्छ। किनकि मुद्दति र बचत खातामा धेरै ब्याज नपाउने अवस्थामा हुन्छ। महँगीलाई ध्यानमा राख्दै केही अन्य विकल्पमा पैसा लगानी गर्नुपर्छ, जहाँ उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ। यसका लागि शेयरमा दीर्घकालीन लगानी गर्न सकिन्छ। तर, शेयर बजारमा लगानी गर्नुअघि बजारलाई राम्ररी अध्ययन गर्नुपर्छ।

महँगो ऋणको जालबाट बचौँ

आफ्नो आवश्यकता पूरा गर्न ऋण लिनु अहिले सामान्य कुरा हो। मानिसहरुले घर किन्न, कार किन्नजस्ता आवश्यकता पूरा गर्न ऋण लिन्छन्। तर, धेरै पटक यस्तो पनि देखिन्छ कि मानिसहरुले अन्य आवश्यकताका लागि गाडी ऋण, घर ऋण वा व्यक्तिगत ऋण पनि लिन्छन्। व्यक्तिगत ऋणको ब्याजदर उच्च हुने भएकाले यस्ता व्यक्तिले लामो समयसम्म ब्याजका रुपमा ठूलो रकम तिर्नुपर्ने हुन्छ। यसका लागि ऋण चुक्ता गर्ने योजना अपनाएर अगाडि बढ्नुपर्छ। सकभर महँगोमा ऋण लिनबाट बच्नुपर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS