काठमाडौं । फागुन १७ गते बिहिबार नेप्से परिसूचक १९७२.०९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २८.६८ अंकले घटेको छ ।
२ अर्ब ५९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३१ करोड ८५ लाखको कारोबार भएको छ जसमा १३ करोड ८० लाखको खरीद छ भने १८ करोड ४ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १० करोड १ लाखको खरीद छ भने ९ करोड ७३ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।