काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले घटेर १,९७२ दशलमव ०९ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको शेयर मुल्य बढेको छ भने २२० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज ३०९ कम्पनीको ७४ करोड ४६ लाख ९९१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।