IME Life
GBIME

अपर हेवाखोलाले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारणसभा चैत्र १६ गते गर्ने भएको छ । उक्त सभा युनियन हाउस अनामनगरमा गर्ने जनाएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसंग सम्बन्धी अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

सभाले कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक कवर्ष २०८०/०८१ को लेखा परीक्षण गर्नकालागि लेखा परीक्षण समितिको सिफारिश बमोजिम लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS