काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशलमव ७७ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ८ करोड ६ लाख रुपैयााको शेयर कारोबार भएको छ । बोटलर्स नेपाल तराईको ७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजू र बोटलर्स नेपाल तराईका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।