IME Life
GBIME

बैंकहरुमा ३८ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकको ३८ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ३८ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। जसमा पेन्सन कोषको १४ करोड रुपैयाँ र सुरक्षण कोषको २४ करोड रुपैयाँ रहेको छ।

Crest

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ। केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३० करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ९० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ। आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। आउँदो चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुले फागुन २० गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS