Connect IPS
IME Life

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबार देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदैछ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो ।

Prabhu
Crest

एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो । टी २० सिरिज अन्तर्गत मंगलबार(२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ ।

यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ । तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरुहुने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS