Connect IPS
IME Life

सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफले सम्पन्न गर्यो बीमा अन्तरक्रिया कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्योरेन्सको लमजुङ बेसीशहर शाखाले सुन्दरबजार नगरपालिकामा बीमा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । बीमा प्रघिकरणको गण्डकी प्रदेशद्वारा जीवन बीमा प्रबद्र्धन सम्बन्धी विषयमा स्थनिय सरकारका प्रमुखहरुसँग छलफल भएको हो । विभिन्न जीवन बीमा कम्पनीहरुलाइ दिइएको कार्यविभाजन अनुसार कम्पनीले अन्तरक्रिया गरेको हो ।

सुन्दरबजार नगरपालिका लमजुङमा सानिमा रिलायन्स लाइफले संचालन गरेको बीमा प्रबद्र्धन अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद कोइराला र नगर उप–प्रमुख भवानी के.सी को सम उपस्थितिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेसीशहर शाखा प्रमुख विक्रम घिमिरेले बीमा सम्बन्धी विषयवस्तुमा छलफल प्रस्तुत गरेका हुन् । सो कार्यक्रममा स्थानिय ब्यक्तिहरको पनि सहभागिता थियो

Prabhu
Crest

उत्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सुरक्षाको मात्र विशेषता भएको म्यादी बीमा योजनाको फाइदा र महत्व तथा तथा न्युन बीमा शुल्कमा जीवनको जोखिम हस्तातरण गर्न सकिने विषयमा कम्पनीको तर्फबाट जानकारी गराइएको थियो ।

साथै, सुन्दरबजार नगरपालिकाले विपन्न बर्गका नागरिकलाई म्यादि बीमा योजनामा समेटनका लागि कम्पनीले नगरपालिकालाई आग्रह गरेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा योजना बचत तथा सुरक्षा दुबैको विशेषता भएको शुभलक्ष्मी जीवन बीमा योजनाको विषयमा समेत कार्यक्रममा छलफल भएको थियो ।

छलफलमा नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले सुन्दरबजार नगरपालिकाले जनप्रतिनिधिहरुको बार्षिक दश हजार सम्मको बीमाशुल्क नगरपालिकाले भुक्तानी गरिदिने गरेको बताए । साथै सुन्दरवजार नगरपालिकाले छोरीहरुलाई जन्म भएको ३५ दिन भित्रमा जन्मदर्ता गराएर आएमा दुई हजार रुपैयाँ सम्मको सहायता प्रदान गर्ने गरेको समेत उनले जानकारी दिए ।

साथै नगर प्रमुख कोइरालाले सुन्दरबजार नगरपालिकामा नगरबासीहरुले बिभिन्न शीर्षक अन्र्तरगत अनुदान सहायता रकम माग गर्ने र यस्ता अनुदान सहयोग वापत नगरवासीहरुलाई धेरै शीर्षक हरुमा राहत तथा सहायता वापत नगरपालिकाले रकम उपलब्ध गराउनु पर्ने बाध्यता रहेकोले विपन्न नागरिकहरुलाई बीमामा आबद्ध गराउन नसकेको बताए ।

तर कुनै एउटा शीर्षकमा मात्र नगरवासीले नगरपालिकासँग अनुदान सहायता मागेको भएमा बीमामा आवद्ध गराउन सकिने कुरा नगर प्रमुखले जानकारी गराए ।

सुन्दरबजार नगरपालिकाले अनुदान सहायता वापत किसानहरुलाई दिएको गाइ, भैसी , बाखा्र लगायत पशुपंक्षीको अनिवार्य रुपमा किसानहरुलाई पशु बीमामा आवद्ध गर्न लगाएको विषयमा समेत नगर प्रमुले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS