Connect IPS
IME Life

जीवन बीमकले एकल बीमाशुल्कबाट ७ महिनामा उठाए झण्डै रु १ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको माघ महिनासम्ममा एकल बीमाशुल्कवापत बीमितबाट ९७ करोड रुपैयाँभन्दा बढी प्रथम् बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार इजाजत प्राप्त चौध जीवन बीमकले ९७ करोड ५८ लाख ३९ हजार रुपैयाँ एकल बीमाशुल्क बीमालेखबाट संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार एकल बीमाशुल्क माघ महिनासम्मको प्रथम् बीमाशुल्क आम्दानीमा एकल बीमाशुल्कको योगदान ६ प्रतिशतको हाराहारी रहेको छ। जीवन बीमकले चालू आव २०८०/८१ मा सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट २५ करोड ७ लाख ३१ हजार रुपैयाँ प्रथम् बीमाशुल्क संकलन गरेका छन् । यसैगरी  कर्णाली प्रदेशबाट सबैभन्दा कम ४ करोड १६ लाख ९३ हजार रुपैयाँ एकल बीमाशुल्क संकलन गरेका छन् । जीवन बीमकले एकल बीमाशुल्कवापत चालू आवको पहिलो ७ महिनामा कूल १५ करोड ६८ लाख ४२ हजार रुपैयाँ प्रथम् बीमाशुल्क संकलन गरेका छन् । पैसाको ठूलो कारोबार गर्ने र व्यापारिक प्रतिष्ठान् तथा आर्थिक कारोबार अधिक हुने बागमती प्रदेशबाट एकल बीमाशुल्क आम्दानीको हिसाबले दोश्रो स्थानमा रहेको छ।

Prabhu
Crest

संख्यात्मक हिसाबले मधेश प्रदेशमा सर्वाधिक १३ हजार ८६८ वटा एकल बीमाशुल्क बीमालेख बिक्री भएपनि बीमाशुल्क आम्दानीका हिसाबले कोशी प्रदेशपछि चौथो स्थानमा रहेको छ। मधेश प्रदेशबाट १४ करोड १४ लाख रुपैयाँ एकल बीमाशुल्क संकलन भएको छ। यसैगरी जीवन बीमकले कोशी प्रदेशमा जीवन बीमकले १४ करोड ५९ लाख रुपैयाँ एकल बीमाशुल्क संकलन गरेका छन् । लुम्बिनी प्रदेशले १० महिनाको अवधिमा १३ हजार ८४२ वटा एकल बीमाशुल्क जीवन बीमालेख जारी गरेको छ। प्राधिकरणका अनुसार सातवटै प्रदेशबाट दश महिनाको अवधिमा ६४ हजार ४७३ वटा एकल बीमाशुल्क बीमालेख बिक्री भएको छ।

एकल बीमाशुल्क जीवन बीमालेखलाई अवैध मुद्रा निर्मलीकरणको माध्यम बनाइएको निष्कर्ष सहित नेपाल बीमा प्राधिकरणले एकल बीमाशुल्क बीमालेखको बिक्री वितरणमा नियमनलाई अन्य बीमालेखभन्दा फरक बनाएको छ। १ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क एकमुष्ठरुपमा भुक्तानी गर्दा आम्दानीको श्रोत खुलाउनुपर्ने प्रावधान बाहेक एकल बीमाशुल्क लिएर जारी गरिने बीमालेखको हकमा जीवन बीमकले नेपाल राष्ट्र बैंक मातहतको वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने प्रावधान छ।

के हो एकल बीमाशुल्क भुक्तानी बीमालेखः

एकल बीमाशुल्क जीवन बीमालेख भनेको जीवन बीमाका लागि एकमुष्ठ बीमाशुल्क भुक्तानीबाट जारी गरिने सुविधा भएको जीवन बीमालेख हो । यस्तो बीमालेखमा लामो अवधिको लागि जारी गरिएको सावधिक प्रकृतिको बीमालेखका लागि बीमितलाई बीमा अवधिभरको बीमाशुल्क बीमा खरिद गरेको मितिमै एकमुष्ठ भुक्तानी गर्ने सुविधा दिइएको हुन्छ।

आफूसँग भएको रकमलाई एकमुष्ठ बीमालेख खरिदमा लगानी गर्न चाहने बीमितका लागि वा जीवन बीमाका लागि ठूलो रकम एकमुष्ठ व्यवस्था गर्न सक्ने आर्थिक हैसियत भएका व्यक्तिका लागि यस्तो बीमालेख उपयुक्त हुन्छ। यो बीमालेखमा पटक /पटक बीमाशुल्क भुक्तानी गरि रहनु नपर्ने हुँदा बीमालेख व्यतित हुने वा हरेक वर्ष बीमाशुल्क वापतको रकम जोहो गरि रहनुपर्ने  हुँदैन। एक पटक बीमाशुल्क भुक्तानी गरि सकेपछि बीमा अवधि ५,१०,१५,२० वा त्यो भन्दा अझ बढी अवधिको लागि बीमित ढुक्क हुन्छन् ।

जीवन बीमालेख निर्देशिका २०७८ को प्रावधान अनुसार एकल बीमाशुल्क भुक्तानी गरि जारी गरिएको जीवन बीमालेखको अवधि तीन वर्ष पुरा भएपछि बीमालेखको समर्पण मूल्यको ८० प्रतिशत सम्मको रकम बीमालेख धितोको आधारमा कर्जा सुविधावापत उपभोग गर्न सकिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS