Connect IPS
IME Life

एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ६६ पाउँदा कुन योजनामा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० फागुन १० गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि ६६ रुपैयाँसम्म घोषणा गरेको हो।

सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना

Prabhu
Crest

यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको २ लाख २२ हजार ९८० वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन्।

जीवन आन्नद (३४२)

यस जीवन बीमा (३४२) योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ लाख १७ हजार ८१४ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन्।

बाल सावाधिक(३४९) बीमा योजना

बाल सावाधिक(३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ५८ हजार ३८५ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस पाउनेछन्।

धन वृष्टि (३५८)

यस योजनामा कम्पनीले १० वर्र्षे अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनस दिने भएको छ।
धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) बीमा योजना यस बीमा योजनामा कम्पनीले १५ वष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १६ हजार ३२९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन्।

बाल ममता (३४०) र बाल स्नेह (३४१)

यस योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १६ हजार ९१० वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन्।

जीवन तरंग (३४५)

यस योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १५ हजार ९४६ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउनेछन्।

न्यु जीवन तरंग (३६०)

यस योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार ५९८ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन्।

जीवन बचत (३५९)

यस योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६६ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथि अवधिको योजना खरिद भएको छ। यस अवधिको ६९१ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ६६ रुपैयाँ बोनस पाउनेछन्।

जीवन लाभ (३६१)

यस योजनामा कम्पनीले १० वर्ष अवधिका लागि प्रतिहजार ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २० वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार १३२ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस पाउनेछन्।

लघु सावाधिक(३५४)

यस योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS