IME Life
GBIME

सिटिजन लाइफद्वारा एमडिआरटी कार्यक्रम भव्य रुपमा सम्पन्न, २० जना क्वालिफायर सम्मानित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुइ दिने एमडिआरटी, २०२४ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसुचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति जनाएका थिए ।

यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए । उनी मनोक्रान्ति संस्थाका संस्थापक, र गुरु समेत हुन् । उनाले “संसार परिवर्तन गर्नुछ भने पहिले आपूmलाई परिवर्तन गनुपर्छ” भन्ने प्रशंसामा गर्दै आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्ने बताए ।

Crest

यससँगै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर महजोडीले सिटिजन लिडरहरुलाई प्रेरणाका रुपमा लिएको बताए । महजोडील “मान्छेलाई सँगतले निकै आसर पार्ने बताउँदै सिटिजन परिवार भित्र एक्दमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कालाई समाजको उन्नति र आफ्नो कार्यप्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको बाताए” ।

कार्यक्रममा, “एमडिआरटी” मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु १९ जना एमडीआरटी. क्वालिफायर र १ जना सिओटि. क्वालिफायर लाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए ।

साथै उपस्थित सिटिजन लिडरहरुलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीको सबै भन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिँदै काम गर्न सबैलाई आग्रह गरे ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS