Connect IPS
IME Life

आफ्नै लडाकु सेना गठन गर्दै चिनियाँ कम्पनीहरु, के हो विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको योजना ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय आर्थिक मोर्चामा निकै समस्या झेलिरहेको विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा अहिले नयाँ अभ्यासको सुरुआत भएको छ। चिनियाँ कम्पनीहरुले आआफ्नो लडाकु सेना निर्माण गर्न थालेका हुन्। यो अभ्यास सन् १९७० को दशकमा चीन फेरि सुरु गरिएको हो।

पछिल्लो एक वर्षमा कम्तीमा १६ कम्पनीले आफ्नो लडाकु सेना तयार गरेका छन्। तीमध्ये डेरी उद्योगसँग आबद्ध एउटा निजी कम्पनी पनि छ। कम्पनीहरुको निजी सेना जनसशस्त्र बल विभाग भनेर चिनिन्छन्। त्यसमा सर्वसाधारण पनि पर्छन्। उनीहरुले चिनियाँ सेनाका लागि आरक्षित र सहायक बलका रुपमा काम गर्छन्। प्राकृतिक प्रकोपदेखि लिएर देशको शान्तिसुरक्षा कायम राख्ने सबै काममा उनीहरुको भूमिका हुन्छ।

Prabhu
Crest

कम्पनीहरुले निजी सेना गठन गर्नु चिनियाँ सरकार अर्थतन्त्रप्रति चिन्तित भएको संकेत भएको विज्ञहरु बताउँछन्। बिग्रिएको आर्थिक अवस्थाले देशमा अशान्ति निम्त्याउन सक्ने उनीहरुको ठम्याइ छ। यो अवस्थासँग जुध्न कम्पनीहरुले निजी लडाकु सेना तयार गरिरहेका हुन सक्ने अनुमान गरिउको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले देशमा कम्युनिस्ट पार्टीको नियन्त्रण बलियो बनाउन चाहन्छन्। यसमा कर्पोरेट क्षेत्र पनि परेको छ। सीएनएनको रिपोर्टका अनुसार एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटको सेन्टर फर चाइना एनालिसिसका चाइना पोलिटिक्सका फेलो नील थोमसले चीनमा कर्पोरेट मिलिसियाको फिर्ता हुनु भनेको सीले आर्थिक विकाससँग कुनै न कुनै तरिकाले जोडिन राष्ट्रिय सुरक्षालाई अझ राम्रोसँग सन्तुलनमा राख्न चाहेको संकेत रहेको बताए।

चीनको आर्थिक वृद्धि क्रमशः घट्दै गएको छ र धेरै देशसँगको तनाव बढ्दै गएको छ। जसका कारण आगामी दिनमा देशमा सामाजिक अशान्ति र हड्ताल हुने सम्भावना छ। यस्तो अवस्थामा कर्पोरेट मिलिसियाले सैन्य नेतृत्वलाई त्यस्ता आन्दोलनहरुलाई दबाउन मद्दत गर्न सक्छ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.२ प्रतिशतको गतिमा बढ्ने अनुमान गरिएको छ। तर, देशको अर्थतन्त्रले धेरै क्षेत्रमा चुनौती सामना गरिरहेको छ। घरजग्गा क्षेत्र संकटमा छ। युवा बेरोजगारी चरम सीमामा छ। मुद्रास्फीतिको दबाब छ। कर्पोरेट डिफल्ट बढिरहेको छ र स्थानीय सरकारहरु गहिरो ऋणमा छन्।

सन् २०२२ को तुलनामा २०२३ मा श्रम हडतालको संख्या दोब्बर भएको छ। एक वर्षपहिले झेंगझाउमा रहेको विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा प्रदर्शनकारीहरुले प्रहरीसँग झडप गरेका थिए।

हालसम्म मिलिसिया गठनको घोषणा गरेका अधिकांश कम्पनी सरकारी हुन्। डिसेम्बरमा विश्वको सबैभन्दा ठूलो दुग्ध कम्पनी यिली समूहले सैन्य इकाइ गठन गर्ने घोषणा गरेको थियो। यस कम्पनीमा स्थानीय सरकारको ८.५ प्रतिशत शेयर रहेको छ। चीनको सैन्य सेवा कानुनअनुसार १८ देखि ३५ वर्ष उमेर समूहका पुरुष यस इकाइमा सामेल हुन सक्छन्। चीनमा यस प्रकारको इकाइको लामो इतिहास छ। यस प्रकारको इकाइ १९२० को दशकदेखि निर्माण हुन थालेको थियो। उनीहरुले कम्युनिस्ट पार्टीलाई साथ दिए।

सन् १९४९ मा कम्युनिस्ट पार्टीले देशको नियन्त्रणमा लिएपछि यी इकाइहरुलाई सरकार, विद्यालय र कम्पनीहरुमा समावेश गरिएको थियो। माओको पालामा सन् १९४९ देखि १९७६ सम्म उनीहरुको वर्चस्व थियो। सन् १९५० मा २२ करोड मानिसहरु यसका सदस्य थिए। सन् १९७६ मा माओको मृत्युपछि तिनीहरुको संख्या घट्यो र सन् २०११ सम्म आउँदा ८० लाखमा झरेको थियो। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS