Connect IPS
IME Life

भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापार मेला हुँदै, बम्पर डिस्काउन्ट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा हुन लागेको हो । जुत्ता–चप्पल मेला फागुन ९ गतेदेखि शुरु हुनेछ ।

मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न ब्राण्ड का झण्डै एक हजार भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् ।

Prabhu
Crest

एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए । मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ ।

नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर , राज प्लाष्टिक उद्योग, ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज , Comfy लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS