काठमाडौं । शेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ को विन्दुमा बन्द भएको छ।
सामान्य घटेको बजारमा आज ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज ९० कम्पनीको शेयरभाउ बढ्दा १५० वटाको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।
बजारमा आज उच्च कारोबार शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ३१ करोड ७३ लाख रुपैयाँ
- साना किसान लघुवित्तको संस्थापक शेयरः १२ करोड ४० लाख रुपैयाँ
- जोशी हाइड्रोपावरः ८ करोड २० लाख रुपैयाँ
- ङादी ग्रुपः ६ करोड ४ लाख रुपैयाँ
- दोर्दी खोला जलविद्युतः ५ करोड ५९ लाख रुपैयाँ
- मोलुङ हाइड्रोपावरः ५ करोड ३१ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः ५ करोड २५ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ४ करोड ९९ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः ४ करोड ९३ लाख रुपैयाँ
- सगरमाथा जलविद्युतः ४ करोड ९३ लाख रुपैयाँ