काठमाडौं । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरी उक्त वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९ /०८० को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण, असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।