Connect IPS
IME Life

आयल निगमको कार्यकारी निर्देशकमा तीनजनाको नाम सिफारिस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा तीनजनाको नाम सिफारिस गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको हो। समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको नाम वर्णानुक्रमका आधारमा मन्त्रालयसमक्ष सिफारिस गरिएको छ।

Prabhu
Crest

आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा सिफारिस हुनेहरुमा गोरखाको भीमसेन थापा गापा–१ डा चण्डिकाप्रसाद भट्ट, चितवनको भरतपुर–१४ का ई. डा डोलप्रसाद चापागाई र ललितपुरको ललितपुर–२४ का शत्रुघ्नप्रसाद पुडासैनी छन्।

अब मन्त्रालयको सिफारिसमा मन्त्रिमरिषदको बैठकले यी तीनजना उम्मेदवारमध्ये एकजनालाई आयल निगमको कार्यकारी निर्देशनमा नियुक्त गर्नेछ। खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनाबमोजिम दरखास्त आह्वान गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS