काठमाडौं । इस्टर्न साहारा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नेछ ।
उक्त सम्झौता सम्बन्धमा फाल्गुण १ गतेका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाण्डौंमा रहेको छ ।