काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको संख्या ७ हजार नाघेको छ ।
हालसम्म ७ हजार बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। फागुन ३ र ४ गतेसम्म २४५ जनाले नयाँ अभिकर्ताको लाइसेन्स पाएसँगै हालसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या ७ हजार १४ जना पुगेका छन् ।
प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।