IME Life
GBIME

शेयर बजारमा साढे १४ अंकको गिरावट हुँदा १६३ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ४६ अंकले घटेर २,०६२ दशलमव ०३ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको मुल्य घटेको छ ।

आज उत्पादनमुलक तथा प्रशोधन उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८ दशलमव ०१ प्रतिशतका दरले कमाएका छन् । जोशीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS