गोरखा। शुभ कार्य भन्नेबित्तिकै भोजभतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज केही परिवर्तित र भविष्यप्रति सचेत देखिन थालेको छ। त्यस्तै एउटा उदाहरण बनेका छन् गोरखाका एक दम्पती।
गोरखा नगरपालिका–८ निवासी हरिराम र लक्ष्मी परियारले आफ्नो छोरा हर्षित परियारको व्रतबन्ध र प्रणय दिवससमेतको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको गोरखा शाखाबाट पाँच लाख रुपैयाँको बाल भविष्य बीमा गरिदिएका हुन्। सोही अवसरमा गोरखा शाखाका एजेन्सी मेनेजर राजकुमार श्रेष्ठ र उनका आफन्तसहितको उपस्थितिमा उक्त बीमालेख हस्तान्तरणसमेत गरेका छन्।
भविष्यका लागि बचत गर्ने विभिन्न माध्यम भए पनि अनिवार्य रुपमा बचत गर्न सकिने र भवितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीवन बीमाप्रतिको बुझाइ फराकिलो बन्दै गएको छ।