Connect IPS
IME Life

सर्वेत्तम सिमेन्टको आइपीओ बाँडफाँड, यी चार तरिकाबाट हेर्न सकिन्छ नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वेत्तम सिमेन्ट लिमिटेडले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले आज आइपीओ बाँडफाँड गरेका हुन् ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि पुस २५ देखि माघ २५ सम्म ९ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

क्यापिटलका अनुसार यस निष्काशनमा १,२२४ जना आवेदकहरुबाट आवेदन परेको थियो । क्यापिटलले १,२२४ जना मार्फत रीतपुर्वक प्राप्त भएका आवेदकलाई २ लाख ४८ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ । बुक विल्डिंगको नियम अनुसार २२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

त्यसैगरी उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९,३०,००० कित्ता शेयरमध्ये बिक्री नभएको ६,८१,५३० कित्ता शेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको शेयरमा थप गरी सार्वजनिक निष्काशन गरिने क्यापिटलले जनाएको छ ।

उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबलब आइएमई क्यापिटलको वेभसाइट www.globalimecapital.com.np , सह निष्काशन तथा बिक्री प्रबन्धकहरु क्रमशः एनआइएमबी एस क्यापिटलको वेभसाइट www.nimbacecapital.com र प्रभु क्यापिटलको वेभसाइट http://www.prabhucapital.com , निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्टको वेभसाइट www.sarbottamcement.com  र सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट http://www.iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS