काठमाडौं । नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ। जसमा सेनेटरीका आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क र अटोमोबाइल छन्।
बज्र ग्रुपको अटोमोबाइलअन्तर्गत ईभी नेपाल मोटर्सले भ्यालेन्टाइन्स स्किम लागू गरेको छ। जसमा वुलिङ कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हीराको औँठी उपहार पाउनेछन्। यो स्किम निश्चित समयका लागि लागू गरिएको कम्पनीले जनाएको छ।
वुलिङ गाडी २०० किलोमिटर र ३०० किलोमिटरमा उपलब्ध छ भने कार किन्नका लागि नक्साल र भैँसेपाटी शोरुम जान सकिनेछ। ग्राहकले गाडीमा ८ वर्षको वारेन्टी पाउनका साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि पाउनेछन्।
स्कुटर किन्न नेपालभरिको मुख्य–मुख्य सहरमा उपलब्ध छ। लेभ्निङ स्कुटर १२ वटा फरक मोडेलमा उपलब्ध छ। जसमा कलेजका विद्यार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रडक्ट उपलब्ध छ। लेभ्लिङ ई–स्कुटरको मूल्य १ लाख १५ हजार रुपैयाँदेखि सुरु छ। स्कुटरमा २ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ। कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ।