Connect IPS
IME Life

सुर्यकुण्ड हाइड्रोले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित २० लाख कित्ताले हुने २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

हाइड्रोका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र मर्चेण्टका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सुर्यकुण्डले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एसविआई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनीको बहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS