काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ३३ अंकले बढेर २,१०१ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ कम्पनीको मुल्य घटेको हो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड दुई का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।