Connect IPS
IME Life

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसर भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले पनि राजपत्रमा सूचना प्रकाशित गरी फागुन १ गते बिदा दिने घोषणा गरेको थियो। पछि सर्वोच्च अदालतले भने फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर गरेको थियो। सर्वोच्चको गत माघ २३ गतेको निर्णयबमोजिम फागुन १ गतेको बिदा बदर गरिएको हो।

सर्वोच्चले फागुन १ गतेको बिदा बदर गरिसकेको अवस्थामा सरकारले पनि राजपत्रमा सूचना प्रकाशित बिदा नहटाएका कारण सर्वसाधारणमा अन्यौलता देखिएको छ। अझै कतिपय पालिकाहरुले जनयुद्ध दिवस भन्दै फागुन १ गते बिदा दिने घोषणा गरेकाले सर्वसाधारणमा बिदाका विषयमा थप द्विविधा देखिएको छ।

Prabhu
Crest

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले फागुन १ गते बिदा नहुने बताए। ‘सर्वोच्च अदालतले बिदा बदर गरिसकेको छ’, अधिकारीले इन्स्योरेन्स खबरसँग भने, ‘मन्त्रिपरिषदको बैठकले पनि सर्वोच्चको आदेशअनुसार गर्ने भन्ने निर्णय गरिसकेको छ।’

गृह मन्त्रालयले आज फागुन १ गतेको बिदा हटाइएको विषयमा सूचना जारी गर्ने पनि अधिकारीले जानकारी दिए। ‘सम्भवतः आजै राजपत्रबाट फागुन १ गतेको बिदा हटाइनेछ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS