Connect IPS
IME Life

दोस्रो त्रैमासमा नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २२ करोड ४३ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।

१ अर्ब ८ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९१ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ३४ लाख १७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोष ९९ करोड ३९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अन्य इक्विटीमा २५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ३० करोड ५० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ५६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २२ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले ६५ लाख ५८ हजार रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ लाख ९६ रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS