काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ अर्ब ५० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा ८२ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले २८ लाख २५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा १ लाख ८० हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा २६ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा ९९ लाख ७४ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा २ लाख ५५ हजार रहेकोमा आर्थिक वर्ष २०७९ ८० को पुस मसान्तसम्ममा १० लाख ७५ हजार रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कोष १५ लाख १० हजार रहेको छ ।