काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक १० दशलमव ५० अंकले घटेर २,०८५ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ६ दशलमव ७१ प्रशिततका दरले कमाएका छन् । दोर्दी खोलाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।