काठमाडौं । महुली लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको माघ २७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले यस वर्षको नाफबाट लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९ /२०८० को को असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।