Connect IPS
IME Life

हाथवे इन्भेस्टमेन्ट घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५९ लाख ४२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी ३ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो। दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख ३१ हजार रुपैयाँ अन्य आम्दानी पनि गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको खर्च बढेर ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खर्च ३ करोड ४७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीका रिजर्भमा ७८ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ७९ करोड ९१ लाख रुपैयाँ थियो।

दोस्रा त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१ पैसाले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १.०८ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ८३.४० रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS