Connect IPS
IME Life

एशियन लाइफको कुल बीमा शुल्क आर्जन १०% ले बढ्यो, बीमा कोषमा ४० अर्ब संचिति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

३ अर्ब १५ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.४५ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म  कम्पनीको महाविपत्तीकोषमा २१ करोड ३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ४४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ३४ अर्ब ९८ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १४.६० प्रतिशतले वृद्धि भएर ४० अर्ब ९ करोड पुगेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.५७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.६१ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड २१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड १९ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२०.९३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS